देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १७ जना नेपाली नागरिक र एक विदेशी नागरिक रहेको नेपाल उड्यन प्राधिकरणले जनाएको छ ।
ज्यान गुमाउनेमा एयरलाइन्सको व्यवस्थापकीय टोलीका चारजना छन् ।
जसमा सौर्य एयरका सीएएमओ म्यानेजर आश्विनकुमार निरौला, चिप अफ सेफ्टी सागर आचार्य, मेनटेनेन्स म्यानेजर यज्ञप्रसाद पौडेल र चिप अफ क्वालिटी एस्युरेन्स दिलिप बर्माको पनि मृत्यु भएको कम्पनीका डेपुटी जनरल मेनेजर उमेश आचार्यले बताए । उनीहरू कार्यकारी पदमा थिए ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्