site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौर्य एयर– दुर्घटनामा परेकाको शव भोलिसम्म आफन्तलाई बुझाइने 

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ शव उनीहरुका आफन्तले भोलिमात्रै पाउने भएका छन् ।

सबै शवलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । भाव विह्वल अवस्थामा रहेका आफन्तले शव पर्खिइरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका अनुसार सबैको डीएनए परीक्षण गरेर पहिचान गरिने जनाएको छ ।

बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी सौर्य एयरका प्राविधिकसहित १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।

उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । केएमसी अस्पतालमा उपचाररत शाक्यलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका थिए ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीका अनुसार सबै शव जलेर चिन्न नसकिने अवस्थामा छन् । उनीहरुको फिंगर प्रिन्ट, डेन्टल म्याचिङ आदिको माध्यमबाट पहिचान गर्नुपर्ने हुन्छ । 

त्यसका निम्ति बुधबार ४ जनाको तथ्यांक संकलन भयो । सबै  मृतकको तथ्यांक संकलन गरी शव पहिचान गर्न करिब ३ दिन लाग्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro