बाह्रखरी फोटो

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ जान लागेको सौर्य एयरको जहाज बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको जहाजका चालकको भने सकुसल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्