site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्घटनाको कम्तिमा १९ मिनेटमा गरिएको थियो क्याप्टेनको उद्धार

काठमाडौं । काठमाडौंबाट प्राविधिक चेकजाँचका लागि पोखरा लैजान लागिएको सौर्य एयरको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थलबाट उडान भर्नासाथ जहाज दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा चालक दलका सदस्य र प्राविधिक गरी १८ जनाको मृत्यु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ  । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट प्राविधिक टोली लिएर पोखराका लागि उडेको सौर्य एयरको सीआरजे७ (९एनएएमई) जहाज धावनमार्ग छोड्नासाथ दुर्घटनामा परेको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार ११ः११ मा विमान उड्नेबित्तिकै दाहिनेतर्फ मोडिन गई पूर्वतर्फ खसेको हो । प्रहरीका अनुसार बुद्ध एयरलाइन्सको ह्याङ्गर पछाडिको क्षेत्रमा जहाज बजारिएको थियो । 

Dabur Nepal
NIC Asia

जहाज दुर्घटनाको चार मिनेटपछि ११ः१५ मा दुर्घटनाका बारेमा जानकारी सुरक्षा निकायले पाएका थिए । विमान दुर्घटना हुनासाथ अग्नि नियन्त्रण तथा खोज तथा उद्धारका लागि विमानस्थबाट दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेको थियो ।

vip-1721810793.JPG
 

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । सूचना पाएको १९ मिनेटपछि ११ः३४ मा विमानका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उद्धार गरिएको उपत्यका कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । प्राधिकरणका अनुसार दुर्घटनामा परेको २३ मिनेटमा पाइलटको उद्धार गरिएको थियो । 

उनले सन् २००९ देखिनै विभिन्न एयरलाइन्सको विमान उडान गरेको जनाइएको छ ।  

उनलाई प्रहरीले काठमाडौं मेडिकल कलेज पठाएको थियो । प्रहरीका अनुसार उनको आँखामा चोट लागेको छ भने बोल्न सक्ने अवस्थामा छन् । ११ः११ मा खसेको विमानमा ११ः४० सम्म आगलागी भएको थियो ।
प्रहरी अनुसार २९ मिनेटसम्म विमानमा आगो लागेको थियो । 

आगो नियन्त्रण गर्न समय लाग्दा क्याम्टेन शाक्यबाहेक अन्यको जीवितै उद्धार गर्न सम्भव नभएको हो । विमानस्थलको सुरक्षाका लागि अग्नि नियन्त्रण टोली र नेपाली सेनाको क्यूआरटी टोली राखिएको हुन्छ । उनीहरु चौबीसै घण्टा नै तयारी अवस्थामा हुन्छन् ।

vipp-1721810793.JPG
 

प्रहरीका अनुसार उद्धार टोलीले जलेको विमानबाट १२ः३० मा तीनजना गम्भीर अवस्थामा रहेका व्यक्तिहरु निकालेको थियो । तर १२ः३९ मै तीन जनालाईसमेत चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै अन्य १५ जनाको शव भने उद्धार टोलीले १२ः४५ मा निकालेको हो । १५ जनाकै शव त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि मात्रै मृतकका आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ । 

दुर्घटनापछि भीआईपीको लस्कर

विमान दुर्घटनापछि भने त्रिभुवन विमानस्थलमा भीआईपीको लस्कर नै लागेको छ ।  उद्धारका खटिएका उद्धार टोलीबाहेक घटनास्थलमा तत्काल भीआईपी जानुलाई सुरक्षाको दृष्टिकोणमा त्यति जायज मानिँदैन ।

pmoli-1721810792.JPG
 

सुरक्षामा खटिएका उद्धार टोलीलाई भीआईपीको आगमनले असर गर्ने हुँदा तत्काल भीआईपी दुर्घटनास्थलमा जाँदैनन् । तर, विमान दुर्घटनापछि भने गृहमन्त्री रमेश लेखकदेखि प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थल नै पुगेका छन् । 

प्रधानमन्त्रीसहित मन्त्रीहरु पनि पुगेपछि सुरक्षा निकायका प्रमुखहरु पनि विमानस्थल पुगेका थिए ।

badrip-1721810792.JPG

ramesh-1721810792.JPG

badripandey-1721810792.JPG

vipp-1721810793.JPG

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro