site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस–माओवादीसँग किन असन्तुष्ट सुनिदैछन् माधव नेपाल ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । “कांग्रेस र माओवादीका कतिपय व्यवहारबाट हामी सन्तुष्ट छैनौँ । आलोचना पनि गछौँ । उनको सामु हामी नतमस्तक हुनुपर्ने कुनै पनि आवश्यकता छैन,” नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भनाइ हो यो । 

व्यवस्था र अवस्था बदलिएको छैन : माधव नेपाल

गएको शनिबार काठमाडौंमा पार्टीको उपत्यका र सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा नेपाल सत्ता गठबन्धनका ठूला दल कांग्रेस र माओवादीसँग खुसी देखिएनन्  । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले बेलाबेलामा असन्तुष्टिको आगो ओकल्ने गरेका छन् ।  गठबन्धनमा भागबण्डाको विषय चलिरहँदा उनले आफ्नो पार्टीको शक्तिलाई कम नआक्न चेतावनी पनि दिने गरेका छन् ।

नेपालले भन्ने गरेका छन्– “अपमान सहनका लागि जन्मिएका पार्टी होइनौं, हामी विद्रोह गरेर जन्मिएका हौं । हाम्रो शक्तिलाई कमजोर नठानियोस् ।”

Global Ime bank

कांग्रेस र माओवादीका कतिपय व्यवहारबाट सन्तुष्ट छैनौँ : माधव नेपाल

नेपालले यसअघि चुनावी तालमेल, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल चलिरहँदा पनि यस्तो चेतावनी दिएका थिए ।   गएको वैशाख २० गते सुर्खेत पुगेका नेपालले कर्णाली सरकार बनाउँदा पार्टीलाई बेवास्ता गरिएको भन्दै माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि खनिए । 

“कर्णाली प्रदेश सरकारको निर्माण गर्दा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । यस्तो कार्यप्रति हामी अत्यन्त धैरै दुःखी पनि छौँ,” उनले भने “यस्ता कार्यको आलोचनामात्रै होइन, निन्दा पनि गर्न मन लाग्छ । म माओवादी पार्टी, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेतालाई भन्न चाहन्छु, तपाईंहरूले एकलौटी गर्नुभएको छ हामीलाई स्वीकार्य छैन ।”

गृहमन्त्रीलाई माधव नेपालले भने– खुट्टा नकमाउनू, मुछिएकालाई बाँकी नराख्नू
उनले घमण्ड गरे रावण हुने भन्दै प्रचण्डलाई घमण्ड त्याग्न सुझाएका थिए । तर, काठमाडौंमा सोही दिन बसेको सत्ता गठबन्धनको बैठकमा नेपालले आफ्नै अभिव्यक्ति काटिने गरी खण्डन गरे ।  उक्त बैठकमा कार्यकर्ताको भावना र आक्रोशअनुसार आफूले अभिव्यक्ति दिएको प्रष्टिकरण दिएको नेताहरू बताउँछन् । एकीकृत समाजवादी सत्ता गठबन्धनमा चौंथो ठूलो शक्ति हो । 

तत्कालीन पाँचदलीय गठबन्धन नेकपा (एमाले) नेपालको नेतृत्वमा विभाजन भएपछि बनेको थियो ।  एकीकृत समाजवादीले २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । 

पार्टी एकता गर्ने माधव नेपालको प्रस्ताव, वामदेवले भने– सकारात्मक छु, छलफल गर्छौँ

तत्कालीन गठबन्धनमार्फत् निर्वाचनमा जाँदा उसले प्रत्यक्षतर्फ १० सिटमात्रै प्राप्त गर्‍यो । समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाउँदा राष्ट्रिय पार्टी बन्न सकेन । त्यसले पार्टीलाई आन्तरिक र बाह्रय रूपमा क्षति पुर्‍याएको नेताहरू बताउँछन् । 

असन्तुष्टि किन ?

प्रचण्ड नेतृत्वको वर्तमान सरकार विस्तारका बेला एकीकृत समाजवादीले केन्द्रमा तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । तर, एकीकृत समाजवादीले भौतिक पूर्वाधार र कृषिगरी दुई मन्त्रालय मात्रै पायो । र, पछि भौतिक राज्यमन्त्री पनि पाएको छ ।

एकीकृत समाजवादीका नेताहरू पार्टीलाई प्रदेशमा सरकारमा उचित बाँडफाँट नगरेकाले असन्तुष्ट बन्नु परेको बताउँछन् । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा प्रदेश सरकारमा पार्टीलाई छेउ लगाउन खोजिएकाले सन्तुष्ट हुन नसकिएको बताए । 

माधव नेपालले बोलेको विषयले गठबन्धन बैठकमा पायो प्रवेश

“अध्यक्षको अभिव्यक्ति दलहरूबाट प्रस्तुत व्यवहारले आएको हो । सरकार गठन गर्दा नीति निर्माण गर्दा प्रदेशमा छेउ लाउने काम गरेको देखिएको छ,” उनी भन्छन्, “यो विषयमा गठबन्धनमा छलफल त भइरहेको रहेको छ । तर, व्यवहारमा परिवर्तन भइरहेको छैन ।”

उनले छलफलमार्फत् व्यवहारमा परिवर्तन गर्न आग्रह गर्दैै अघि बढिने बताए । 

“कुन समयमा कुन राजनीतिक दलले कस्तो व्यवहार गरेको छ भन्ने मनमा साँचेर राखेर बसेका छौँ,” खतिवडाले बाह्रखरीसँग भने, “राजनीतिक हिसाबले छलफल संवाद अघि बढाउँछौँ । करेक्सन गर्न आग्रह गछौँ ।” 

एउटा प्रदेशको नेतृत्व पाउनुपर्ने माग नराखेको भने होइन । उसको माग सुनुवाइ भएको छैन । 

माधव नेपालले प्रचण्डलाई भने– घमण्ड छाड्नुस्, मोर्चा हावा खान सक्छ

सात प्रदेशमध्ये एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशमा मात्रै मन्त्री छन् । अरु प्रदेशमा उसले मन्त्री बन्न पाएको छैन ।  नेकपा (एमाले) ले नेतृत्व गरिरहेको कोसी प्रदेशमा एकीकृत समाजवादी प्रतिपक्षमा छ ।

मधेस प्रदेशमा उसले सरकारलाई समर्थन त दिएको छ ।  यसअघि प्रतिपक्षमा रहेको पार्टी अब सरकारमा जाने विषयमा छलफल भइरहेको नेताहरू बताउँछन् । वाग्मती प्रदेशमा पनि एकीकृत समाजवादीलाई मन्त्री बनाइएको छैन । त्यहाँ पनि अन्योल छ । 

त्यस्तै, गण्डकीमा स्वतन्त्र जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई मन्त्री बनाउने भनिए पनि हालसम्म मन्त्री बनाइएको छैन । कर्णालीमा सो पार्टीका एकमात्रै सांसद छन् । कल्याणी खड्का मात्रै सांसद छन् । उनलाई मन्त्री नबनाइएको भन्दै नेपालले वैशाख २० गते सुर्खेतमा गएर असन्तुष्टि व्यक्त गरेका थिए ।

विश्लेषक भन्छन्– ठूला दलले गरेको बेवास्ताको आक्रोश 

राजनीति विश्लेषक डा. राजेन्द्र चापागाईं नेपाललाई पार्टीका नेता कार्यकर्ता जोगाउन नै मुस्किल भएको बताउँछन् । गठबन्धनबाट बढीभन्दा बढी पदहरू आफ्नो पक्षमा पार्ने प्रयासमा रहेको उनको बुझाइ छ ।

“माधव नेपाललाई पार्टी धान्नै अफ्ठ्यारो परेको छ । पार्टीभित्र पहिरो जानेक्रम सुरु भएको छ । मुकुन्द न्यौपाने, चूडामणि जंगलीलगायत पार्टी छाड्दै हिँड्दै गरेका छन् । पार्टीकी सचिव रामकुमारी झाँक्री पनि असन्तुष्ट आवाज सुनिन्छन्,” उनी भन्छन्, “पार्टीभित्रैका मान्छेहरूलाई अलि भाग बढाएर दिन पाए हुन्थ्यो भन्ने उहाँमा देखिन्छ ।”

पार्टी पदीय भागबण्डा नमिलेर नै फुटेको चापागाईंको विश्लेषण छ । गठबन्धनमा पनि भागबण्डा सिर्जना गर्न नपाउँदा नेपालको असन्तुष्टि देखिने उनले बताए । 

“पार्टी फुटेको त कुनै विचार, सिद्धान्त नमिलेर होइन । राष्ट्रिय मुद्दामा कुरा नमिलेर, अन्तर्राष्ट्रिय विषयमा फरक मत राखेर फुटेको त होइन । पार्टी फुटेको पदको भागबण्डा नमिलेर हो,” चापागाईंको विश्लेषण छ, “माधव गुटको भागबण्डा नमिल्दा फुटेको हो । त्यसैले गठबन्धनमा पनि भागबण्डा नमिल्दा उनी असन्तुष्ट देखिन्छन् ।”

प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्छ : माधव नेपाल

अहिलेका राजनीतिक सिनारियो निर्माणमा नेपालको भूमिका रहे पनि राष्ट्रिय पार्टीसमेत नबन्दा गठबन्धनबाट बेवास्तामा परेको विश्लेषक चापागाईंको ठम्याइ छ । 

“अहिलेको राजनीतिक सिनारियो बनाउन माधव नेपालको जोडबल छ । उनी विग्रह गरेर निस्किएका हुन् । वर्तमान सिनारियो त बनाएको त मैले हो नि भन्ने उनी भित्र आन्तरिक दम्भ छ । तर उनले नै गरेको भनेर अरु पार्टीले सोचेनन्,” उनले भने, “किनकि उनको पार्टी राष्ट्रिय पार्टी समेत बन्न सकेन । उनले आफूले यत्रो परिस्थिति बनाउँदा पनि उचित भागबण्डा पाइएन भन्ने आक्रोश हो ।” 

त्यसो त भुटानी शरणार्थी प्रकरणका विषयमा प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच दिनहुँ जसो छलफल भइरहेको छ । उक्त वार्तामा गठबन्धनभित्रका सिनियर नेताका हैसियतले निम्तो पाएका छैनन् । 

माधव नेपाललाई योगेशले भने– तपाईं होसमा त हुनुहुन्छ ?

अन्य राष्ट्रिय विषयमा हुने शीर्ष नेतृत्वको छलफलमा उनी डाकिएका छैनन् । यी यस्तै कुराले पनि पछिल्लो समय उनी आक्रोशित सुनिने चापागाईंको भनाइ छ । त्यस्तै, सत्ता गठबन्धनमा प्रधानमन्त्रीको विषयमा भएको ‘जेनटलमेन्ट एग्रिमेन्ट’ कार्यान्वयन नहुने हो कि भन्ने आशंकाले पनि काम गरेको चापागाईंको बुझाइ छ । 

“प्रचण्डपछि उनी एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा बन्ने जेन्टलमेन्ट एग्रिमेन्ट भएपछि यो गठबन्धन अघि बढेको हो । तर, राष्ट्रिय विषयमा पनि छलफलमा नबोलाउने, त्यति भ्यालु नदिने गर्दा जेन्टलमेन्ट एग्रिमेन्ट भएजस्तो प्रधानमन्त्री पनि नपाइने त होइन भन्ने आशंका देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC