site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाललाई योगेशले भने– तपाईं होसमा त हुनुहुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले 'एमालेबाट संसद् विघटन हुँदै छ' भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताए । नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै उनले 'होसमा हुनुहुन्छ कि हुनुहुन्न ?' भनेर प्रश्नसमेत गरे । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद् विघटन गर्छ भनेर पनि प्रश्न गरे ।

"पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौँ भन्नुभएछ । मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न उहाँले । मद्यपान, धूम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई । तर, आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या । उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन । जुन पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीले कसरी संसद् विघटन गर्छ ? उहाँले के भन्दै हिँड्नुभएको छ ? सपना देख्नुभएको छ कि ? विपनामा हुनुहुन्छ कि ? होसमा हुनुहुन्छ कि ? हुनुहुन्न कि ?," उनले भने ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !