site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालले प्रचण्डलाई भने– घमण्ड छाड्नुस्, मोर्चा हावा खान सक्छ  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकारमा पार्टीलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् । 

बुधबार  वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले एकलौटी गरेकोमा चित्त दुखेको बताए । 

Dabur Nepal
NIC Asia

“कर्णाली प्रदेश सरकारको निर्माण गर्दा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । यस्तो कार्यप्रति हामी अत्यन्त धैरै दुःखी पनि छौँ,” उनले भने - “यस्ता कार्यको आलोचना मात्रै होइन, निन्दा पनि गर्न मन लाग्छ । म माओवादी पार्टी, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेतालाई भन्न चाहन्छु, तपाईंहरूले एकलौटी गर्नुभएको छ हामीलाई स्वीकार्य छैन ।”

उनले यस्तै व्यवहार हुर्कँदै गए गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्ने बताए । आफूहरूमाथिको व्यवहार पीडा दिने खालको भइरहेको बताए ।  नेपालले दम्भ  र घमण्डले रावण जन्माउने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई दम्भ नदेखाउन चेतावनी दिए ।  

“दम्भ घमण्डले रावण जन्मायो । दम्भ र घमण्डले अर्को रावण नजन्माओस् । घमण्ड छोड्नुस् । समानताको व्यवहार गर्नुस् । मिलेर अघि बढ्नुुस्,” उनले भने । 

उनले पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले, पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दम्भ देखाएको बताए ।  त्यसपछि फेरि ओलीले घमण्ड गर्दा सत्यनाश भएको बताए । 

“अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ,”उनले भने, “कम्युनिस्ट पार्टीको एकताको कुरा गर्दै आएका छौं । यस्ता प्रवृत्ति कायम रहे मोर्चा, सोर्चा हावा खान्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro