site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस र माओवादीका कतिपय व्यवहारबाट सन्तुष्ट छैनौँ : माधव नेपाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेकाले आफूहरूको समर्थन रहेको बताए । गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै उनले जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

देशद्रोही काममा कम्युनिस्ट भनिएका व्यक्तिहरू नै संलग्न हुनु लाजमदो कुरा भएको उनले बताए ।

Global Ime bank

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको अध्यक्ष नेपालले उल्लेख गरे ।

“...अहिले शक्ति हासिल गरेको हुनाले, सत्तामा बसेको हुनाले कांग्रेस र माओवादीका कतिपय व्यवहारबाट हामी सन्तुष्ट छैनौँ,” उनले भने, “त्यसो भयो आलोचना पनि गर्छौँ । उनको सामु हामी नतमस्तक हुनुपर्ने कुनै पनि आवश्यकता छैन । तर, हाम्रो ध्यान आफ्नो संगठन कसरी विस्तार गर्ने, बलियो कसरी बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने आश्यकता छ ।”

अहिले पनि नेकपा ब्युँताउन तयार रहेको भन्दै उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सच्चिएर आए एकैठाउँ बस्न सकिने बताए ।

अहिले राजावादीले टाउको उठाउन थालेकाले कम्युनिस्टको जिम्मेवारी बढ्दै गएको आवश्यकता उनले औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !