site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्छ : माधव नेपाल
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूका बीचमा आलोपालो हुने बताएका हुन् । 

उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए । अध्यक्ष नेपालले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूबीचमा बाँडफाँट हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए । अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरूका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताए । उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको बताए । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत अन्य पार्टीसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए । 

उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीसँग विलय भने नहुने स्पष्ट पारे । आफूहरू समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरुपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !