site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवस्था र अवस्था बदलिएको छैन : माधव नेपाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालल देशको व्यवस्था र अवस्था अझै बदल्न नसकिएको स्वीकार गरेका छन् ।  

५९औँ विद्यार्थी दिवसका अवसरमा राष्ट्रिय नाँचघरमा आयोजित कार्यक्रममा उनले व्यवस्था र अवस्था बदल्न अझै बाँकी रहेको बताए ।

“एउटा भाष्य छ । व्यवस्था बदलियो । अवस्था बदलिएन । त्यो भाष्य ठीक होइन । व्यवस्था पनि बदलिएको छ । अवस्था पनि बदलिएको छ । तर, व्यवस्था पनि बदलिएको छैन । अवस्था पनि बदलिएको छैन,” नेपालले भने, “दुवै कुरा आधाआधा सत्य हो । केही बदलिएको छ । अवस्थामा धेरै बदल्न बाँकी छ ।”

उनले सिंगै व्यवस्थाको रुपान्तरणको खाँचो औंल्याए । संसदीय राजनीति चुनावदेखि चुनावसम्म र जनतादेखि जनतासम्मको भन्ने भाष्य रहेको बताए ।

उनले समाजमा विकृति र विसंगति विद्यमान रहेको बताए । विकास हुन नसकिरहेको बताए । अध्यक्ष नेपालले लोकतन्त्र, गणतन्त्रण, संविधान संकटमा पर्न थालेको बताए । संघीयता खतरामा रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro