site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्रीलाई माधव नेपालले भने– खुट्टा नकमाउनू, मुछिएकालाई बाँकी नराख्नू
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको बताए । उनले नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने देखिएको पनि बताए  ।

Prabhu Bank
Agni Group
NIC Asia

"नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन्," उनले भने ।

उनले भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे ।

Global Ime bank

"उपप्रधान एवम् गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईंले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरू जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस्," अध्यक्ष नेपालले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !