site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन विवादमा पर्‍यो ‘दोहोरी च्याम्पियन’ ? 
SkywellSkywell

काठमाडौं । चन्द्र शर्मा : तपाईं त्यो हामीले पहिला–पहिला अरु कुनै टीभीटीभीतिर देखेको कल्पना बैनी हो तपाईं ? अरु–अरु दोहोरी एकदुईचोटी कता–कता भाइरल साइरल भा’को बैनी हो ? त्यही कल्पना बैनी हो ?  
कल्पना दाहाल : हजुर, हो । 

रमेश बिजी : उहाँ प्रदीपजीले चिनेजानेकोसित दोहोरी गाउँदैछु भन्ने जुन उठान छ, तपाईंले त्यहाँ गेटमा पुलिसले यस्तो गर्‍यो भनेर किन भनेको ? त्यो कुनै प्रसंगै होइन के त्यो । बुझ्नु भएन ? तपाईंले गीत त मिलाउनुभयो । अनि म पनि पसेँ ऊ... गरेर ।

हामीले कहाँ दोहोरी गरिरहेका छौं । यो सबै डिटेल बताउनु पर्ने छैन नि दोहोरीमा । टेलिभिजनमा हेर्ने दर्शक तपाईं कहाँ दोहोरी गाउन आउँदै हुनुहुन्छ...

KFC Island Ad
NIC Asia

कल्पना दाहाल : प्रहरी दाइले नाम सोध्नु भएको थियो । नागरिकता देखाउनु पर्नेरहेछ, त्यहीअनुसार...

रमेश बिजी : त्यही त, तपाईंले जे भोग्नुभयो । पुतलीसडकमा ट्याक्सीले खुट्टा किच्यो यस्तो भन्दै आउनु पर्ने थिएन । 

Royal Enfield Island Ad

सीता थापा : दोहोरी भनेको खासगरी के भोगिरहेको छ, अहिले के चलिरहेको त्यसरी गाइन्छ त्यही भएर उहाँहरुले अहिले जे भोग्नु भयो त्यही गाउनु भयो । 

रमेश बिजी : तपाईंहरु जहाँ आउनुभयो, त्यहाँ हामी पनि आयौं । तपाईंहरुले भनेको कुरा हामीलाई थाहा हुनसक्छ । तर, आम मानिसमा जाँदा तपाईंहरुको यो कुन प्रसंग होला । कहाँ के भनेको होला भन्ने अन्योल हुन्छ । 

सीता थापा : होइन–होइन रमेश यो दोहोरी च्याम्पियनमा आउँदा उहाँले कति दुःख भोग्नुभयो । उहाँले गेटमा के पीडा भोग्नु भयो त्यो सुनाइरहनु भएको छ । 

रमेश बिजी : हो जति तपाईंले भोग्नु भएको छ । त्यो अहिले सुनाउन सक्नु हुन्न । त्यसैले तपाईंहरुलाई सच्चिन हो यो मेरो सुझाव । तपाईंहरुको जति प्रस्तुति छ त्यो सुन्दर छ । 

प्रतिस्पर्धी कल्पना र प्रदीप स्टेजबाट हट्छन् । बद्री पंगेनी र प्रिती आले देखिन्छन् । बद्री सोध्छन्, मैले निर्णायकको मत बाझिएको देखिरहेको छु  । रमेश बिजी र सीता थापाको मत बाझिएको देखिरहेको छु । सीता थापाले अलिकति मुख बिगारेजस्तो फिल भइरहेको थियो । त्यस्तो केही छ ?  

चन्द्र शर्मा बचाउ गर्दै जवाफ दिन्छन्, जेनेरेसनले पनि फरक पार्छ । सीता दिदी र प्रजापति दाइको जेनेरेसन अलि पुरानो छ । हामी दुई (रमेश र चन्द्र)को जेनेरेशन अलि नयाँ–नयाँ छ । त्यसैले जेनेरेशनअनुसार पनि अलि–अलि तलमाथि भएको हो । त्यस्तो अफ्ठ्यारो मान्नु पर्दैन । 

केही दिन अगाडि नेपाल टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा निर्णायक चन्द्र शर्मा, रमेश बिजी र सीता थापा तथा प्रतियोगी कल्पना दाहालबीच भएको सवाल जवाफ र स्पष्टीकरण हो यो । जुन, अहिले सामाजिक सञ्जालमा निकै विवाद र बहसको विषय बनेको छ । 

उक्त प्रतियोगितामा चन्द्र, रमेश र सीतासँगै निर्णायकको जिम्मेवारीमा प्रजापति पराजुली पनि छन् ।

एक घण्टा ६ मिनेट ३५ सेकेन्ड लामो कार्यक्रमका यी र यस्तै कमेन्ट हेरेर दर्शकको निर्णायकको चर्को विरोध गरिरहेका छन् ।

प्रतियोगीलाई होच्याएको, प्राइज मनीको परिमाण उल्लेख गर्दै लोभ्याएको, शब्द चयन र गायन क्षमता नभएको भन्दै ‘हियाउने’ कमेन्ट गरेको भन्दै निर्णायकको आलोचना भइरहेको छ । कल्पना दाहाल जस्तो अहिलेको लोकप्रिय दोहोरी गायिकालाई लोकदोहोरी गायकले ‘टीभीटीभीतिर देखेको कल्पना बैनी हो तपाईं ? अरु–अरु दोहोरी एकदुईचोटी कता–कता भाइरल साइरल भाको’ हो भनेर होच्याएको भन्दै स्रोता–दर्शकले निर्णायकको आलोचना गरिरहेका छन् । कल्पनालाई शो नै छोड्देऊ भन्ने उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन् ।

यता, निर्णायकहरु भने केही सामान्य कमीकमजोरी भए पनि ठूलो गल्ती नै भने नभएको दाबी गर्छन् । आठ घण्टा गरिएको छायाङ्कनलाई एक घण्टामा खुम्च्याउँदा बोलिएका सबै कुरा नसमेटिएकाले प्रशारण भएको सामग्रीमा कतै केही कमजोरीहरु देखिए पनि उद्देश्य कसैलाई होच्याउने नरहेको निर्णायक चन्द्र शर्मा बताउँछन् । 

“आठ घण्टा छायाङ्कन भएको कार्यक्रम एकघण्टामा देखाइएको छ । त्यसैले बोलिएका धेरै कुराहरु काटिदा हेर्दा तथा सुन्दा यस्तो लागेको हुन सक्छ,” उनी भन्छन्, “हाम्रो शो मा आउने सबैप्रति हाम्रो सम्मान छ । तर, कतिपय अवस्थामा हस्यौली, ठट्यौली गर्दै केही कमेन्टहरु गरिएका थिए । साथीभाइ र आफ्नै जस्तै सम्झिएर कमेन्टहरु गरिएका थिए । तर, यो कुर्सीमा बसे पछि दूरी कायम गर्नै पर्नेरहेछ । जुन हामीले गरेनौं ।”

कल्पनालाई आफूहरुले सुरुमै चिनेको र साढे चार मिनेट गफ भएपछि दोहोरी गाउन सुरु गरेको चन्द्र बताउँछन् । “कल्पनालाई हामीले सुरुमै चिनेका थियौं । उहाँसँग साढे चार मिनेट गफ भएको छ । तर, पछि ठट्यौली गर्दै बोलिएको ३० सेकेन्ड मात्रै राख्दा नचिनेको जस्तो सुनियो,” चन्द्र भन्छन्, “तपाईंजस्तो लोकप्रिय गायिका आउनु शो कै लागि उपलब्धि भएको भनेर हामीले भनेका छौं । तर, ती कुराहरु प्रशारण भएका छैनन् ।”

लोकदोहोरीमा भेषभुषाको पनि उत्तिकै महत्त्व हुने भएकाले पहिरनको कुरा उठेको उनी बताउँछन् । कन्टेन्टमा दुई वा सोभन्दा बढी समूहबीच समान अंक आयो भने प्रतियोगीको भेषभुषाले पनि रिजल्टमा परिणाम दिन्छ भनिएकोमा सबै प्रशारण नहुँदा दर्शकले विरोध गरिरहेको उनी प्रष्ट पार्छन् । यद्यपि आगामी शृङ्खलाहरुले आफूहरुले बोलेका कुराहरु पुष्टि गर्दै जाने उनको दाबी छ ।  

दर्शकले शो को निर्णायक नै परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठाइरहेका बेला चन्द्र भने दशकौंबाट निर्णायकको भूमिका निर्वाह गर्दै आएका अनुभवी कलाकार रहेकाले निर्णायकको क्षमतामा शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् । 

उनी भन्छन्, “तीन दशकभन्दा लामो समयदेखि दोहोरीमा निर्णायक रहनु भएका प्रजापति दाइ, २५ वर्षदेखि दोहोरी गायनमा रहनु भएकी सीता दिदी, लोकदोहोरी जस्तो गरिमामय संस्थाको नेतृत्त्व गरिरहनु भएका गीतकार रमेश बिजीमा लोेकदोहोरीको ज्ञान भएन, निर्णय क्षमता नभए को सँग हुन्छ,” चन्द्र प्रतिप्रश्न गर्छन्, “केही दिनमा आउने प्रोमो र अरु सामग्री तथा शृङ्खलाहरुले हामीले बोलेका कुराहरुको औचित्य पुष्टि गर्दैजाने छ ।”

गायक तथा दोहोरी च्याम्पियनका प्रस्तोता बद्री केही कमीकमजोरी भएको भन्दै यसलाई सच्याएर अगाडि बढ्ने बताउँछन् । 
“जजहरुका बारेमा केही कुराहरु आइरहेका छन् । सबै कमीकमजोरीहरुका बाबजुद आउँदा शृङ्खलाहरुलाई राम्रो बनाउँदै जाने हो,” बद्री भन्छन्, “समग्र लोकदोहोरीले पाएको यो अवसर पनि हो । यो अवसरलाई सदुपयोग गर्ने पक्षमा हामी छौं ।” 

दर्शक–स्रोताका प्रतिक्रियालाई मनन् गर्दै अगाडि बढ्ने उनको भनाइ छ । 

तस्बिर : नेपाल टेलिभिजन युट्युबबाट
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro