site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा गाडीमा भयो आतंकवादी हमला, ३८ जना मारिए

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी हमलामा ३८ जनाको मृत्यु भएको छ । बिहीबार उत्तरपश्चिमी पाकिस्तानको आदिवासी क्षेत्रमा बन्दुकधारीले यात्रुवाहक गाडीमा गोली चलाउँदा कम्तीमा ३८ जनाको मृत्यु भएको हो । अन्य २९ जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वाका मुख्यसचिव नदीम अस्लम चौधरीले आक्रमणको पुष्टि गरेका छन् । बन्दुकधारीले पाराचिनारबाट कुर्रम जाँदै गरेको गाडीलाई निसाना बनाएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

उनका अनुसार, आक्रमणमा एक महिला र एक बालकको पनि मृत्यु भएको छ । केही घाइतेको अवस्था गम्भी रहेकाले मृतकको संख्या बढ्ने देखिएको छ ।

यसअघि, मंगलबार राति खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा रहेको सेनाको चौकीमा आत्मघाती हमला भएको थियो । यस हमलामा १२ पाकिस्तानी सैनिक मारिएका थिए । त्यसक्रममा ६ आतंकवादी पनि मारिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro