site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
तीन साहित्यकारलाई त्रिमूर्ति पुरस्कारको घोषणा

काठमाडौं । त्रिमूर्ति निकेतनले स्रष्टा रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै छन्दकविताको रचना र छन्दकाव्यको प्रचार अभियानमा संलग्न रही त्यस क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंद्वारा प्रेषित विज्ञप्तिअनुसार प्रसिद्ध नाटककार/साहित्यकार बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्दै नेपाली भाषासाहित्यको सेवामा समर्पित सर्जक प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ र भाषासाहित्यको श्रीवृद्धिमा साधनारत डा. बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने उल्लेख छ । 

घोषित तीन पुरस्कारकासाथ नगद राशि जनही एक लाख रूपैयाँ प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro