site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालत खुलेलगत्तै पक्राउ पुर्जी जारी गराएर प्रसाईंको घर पुगेको थियो सीआईबीको टोली
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले मंगलबार बिहान १० बजे अदालत खुलेलगत्तै पक्राउ पुर्जी जारी गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको जनाएको छ ।

प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भक्तपुरस्थित घरबाट नै पक्राउ गरेको हो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराउने तयारी सीआईबीले गरेको छ ।

प्रसाईंलाई साइबर अपराध कसुरमा पक्राउ गरेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । अदालतबाट म्याद थपपछि अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्युरोलाई बुझाइने जनाएको छ ।

सोमबार प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियामा लगानी रहेको प्रमाण भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । सोही कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसअघि पनि प्रसाईं एक महिलाले आफ्नो चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उजुरी दिएपछि उनी पक्राउ परेका थिए । उक्त कसुरमा धरौटीमा छुटेका प्रसाईं पुनः साइबर अपराधमा पक्राउ परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro