site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आप्रवासीमाथि गोली प्रहार : ११ नेपाली मेक्सिकोको अध्यागमन हिरासतमा
तस्बिर : रोयटर्स ।

काठमाडौं । गएको मंगलबार (असोज १५ गते) ग्वाटेमाला–मेक्सिको सीमानजिकै भएको गोलीकाण्डमा तीन नेपाली घाइते भएको खुलेको छ । स्थानीय अस्पतालमा घाइते तीन नेपालीको उपचार भइरहेको अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

३३ आप्रवासी सवार एउटा ट्रकमा मेक्सिकोको सेनाले गोली प्रहार गरेको थियो । उक्त ट्रकमा नेपाल, भारत, पाकिस्तान, क्युबा र इजिप्टका नागरिक रहेका थिए ।

नेपाली दूतावासका अनुसार, ट्रकमा ११ नेपाली सवार थिए । तीमध्ये गोली लागेर तीनजना घाइते भएका हुन् । उक्त घटनामा ६ आप्रवासीको मृत्यु भएको थियो । कुल १० जना घाइते भएका थिए ।

उक्त घटना बाहिरिए वासिङटन डीसीस्थित नेपाली दूतावासले मेक्सिको सरकारका सम्बन्धित निकायसँग सोधपुछ गरेको थियो । त्यसपछि वासिङटन डीसीस्थित मेक्सिकोको दूतावासले नेपालीबारे जानकारी गराएको थियो ।

सबै ११ नेपाली हाल मेक्सिकोको अध्यागमन हिरासतमा छन् । घटनामा सबै नेपाली सुरक्षित रहेको बताइएको छ । 

आप्रवासी सवार ट्रकमा अन्धाधुन्ध गोली प्रहारको व्यापक आलोचना भएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले घटनाको अनुसन्धान गर्न दिर्नेशन दिएकी छन् । उनले घटनालाई ‘दुःखद’ भनेकी छन् ।

“यो एक निन्दनीय घटना हो । यसको अनुसन्धान र दोषीलाई सजाय हुनुपर्छ,” शेनबाउमले पत्रकार सम्मेलनमा भनिन्, “यस्तो घटना दोहोरिन हुँदैन ।” उनले महान्यायाधिवक्ताको कार्यालयले घटनाको अनुसन्धान गरिरहेको पनि बताइन् ।

मंगलबार साँझ करिब ८ः५० बजे गस्तीमा रहेको मेक्सिकोका सैनिकले आप्रवासी सवार ट्रकमा गोली चलाएका थिए । तीव्र गतिमा रहेको ट्रकलाई रोक्न आग्रह गर्दा नमानेपछि गोली चलाइएको मेक्सिकोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेनाको गोली लागी घटनास्थलमै चार आप्रवासीको मृत्यु भएको थियो । घटनामा १२ आप्रवासी घाइते भएका थिए । तीमध्ये उपचारका क्रममा दुईजनाको मृत्यु भएको थियो । र, मृत्यु हुनेको संख्या ६ पुगेको थियो । ट्रकमा सवार १७ जना सकुशल थिए ।

आप्रवासी चढेको ट्रकमा गोली चलाउने दुईजना सैनिकलाई निलम्बन गरिएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro