site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा 

काठमाडौं । खेमराज पोखरेलको छैटौँ लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न भएको छ । ‘विशद परिचर्चा’ भनिएको उक्त कार्यक्रममा सात समालोचकले कृतिभित्रका ७१ कथाको चिरफार गरे ।

शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार अशेष मल्लले ११ कथाको टिप्पणी गर्दै पोखरेलको कथाशैलीको प्रशंसा गरे । उनले लघुकथामा सौन्दर्य विशेष रूपमा रहनुपर्नेमा जोड दिँदै कृतिभित्र केही कथा नराखेको भए हुने बताए ।

यस्तै, डा. शेखरकुमार श्रेष्ठले १० कथाको चर्चा गर्दै पोखरेलका रचनामा अमेरिकी नेपाली र यहाँको नेपाली समाज देखिने बताए । अर्का वक्ता विधान आचार्यले पोखरेलले जीवनको यथार्थतालाई लघुकथामा समातेको बताए ।

समीक्षक युवराज मैनालीले एकालापमा अमेरिकामा नेपालीको मनोदशा स्पष्ट देखिने उल्लेख गरे । प्रा. डा. भरत भट्टराईले लघुकथाभित्र शैक्षिक बेथिति पनि प्रस्तुत भएको भन्दै यसमा नयाँ प्रयोग गरिएको बताए ।

अर्का वक्ता ठाकुरप्रसाद शर्माले कृतिभित्र यौन दर्शन पनि भेटिने सुनाए । प्रा. डा. कुमारप्रसाद कोइरालाले पोखरेलका लघुकथामा विचार पक्ष खुलेर आएको उल्लेख गरे ।

डा. दीनबन्धु शर्माले ‘एकालाप’मा मानक लघुकथा रहेको बताए । उक्त अवसरमा कृतिकार पोखरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, सुमन सौरभ, रामप्रसाद पन्त, माधव घिमिरे ‘अटल’लगायत साहित्यकारले पनि बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro