site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरूद्ध मुद्दा नचल्ने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेको हो ।

पक्राउ परेका बाँकी आठजनासहित फरार तीनजनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

एक महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीनजनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।

उनीहरूको बयान र अन्य प्रमाणका आधारमा पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनु नपर्ने निर्णय भएको न्यायाधिवक्ता अर्यालले बताए ।

उनले भने, “मन्त्री अधिकारी त्रिभुवन विमानस्थलबाट समेत एक्लै गएको देखिन्छ । पक्राउ परेकाहरूको बयानमा समेत उनीविरुद्ध केही छैन । र, अर्को महत्त्वपूर्ण कुरा जापानमा उनीसँगैका तीनजनालाई डिपोर्ट गर्दा उनी आफैँले प्रहरीलाई जानकारी गराएको देखिन्छ ।”

मन्त्री अधिकारीलाई डिपोर्ट नगरी आफूसँगै जापान पुगेकाहरूको नक्कली कागजपत्र देखेपछि आफैँ फर्किएको खुलेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro