site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविलाई पाँचौँपटक म्याद थपका लागि अदालत पेस
फाइल तस्बिर ।

काठमाडौं । पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा पेस गरेको छ । 

सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज (आइतबार) पाँचौँपटक म्याद थपका लागि अदालत पेस गरेको हो । यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । सो म्याद सकिएपछि आइतबार अदालत उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ । 

Dabur Nepal
NIC Asia

कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ६ दिन, दोस्रोपटक सात दिन र तेस्रोपटक १० र चौथोपटक १३ दिनको म्याद दिएको थियो । म्याद थपपछि उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीको छ । 

उनीसँग पूर्वडीआईजी छविलाल जोशीलाई समेत म्याद थपका लागि अदालत पुर्‍याइएको छ । छविलाई भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयानका लागि गएको मंगलबार काठमाडौं ल्याइएको थियो । शुक्रबार उनलाई पोखरा फर्काइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro