site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चोक–चोकमा कोरिएको पहेँलो क्रसलाइन के हो ?

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सडकका चोकमा पहेँलो क्रसलाइन बनाइएको छ । सवारी साधनको चाप उच्च हुने चोकमा पहेँलो रङले केही ठाउँ ओगट्ने गरी क्रसलाइन बनाइएको छ ।

सवारी चालकका लागि यो लाइन कुनै नयाँ नियम हो कि भनेर चासाको विषय बनेको छ । यात्रुका लागि पनि यो चासोको विषय बनेको छ ।

ट्राफिक प्रहरीका अनुसार यो क्रसलाइन सवारीसाधन रोकिन नमिल्ने वा पार्क गर्न नमिल्ने ‘फ्रि जोन’ हो । सडकमा गुडिरहेका सवारीसाधनले चोकमा ट्राफिक व्यवस्थापन गर्न उभिएका प्रहरीलाई नै ठाउँ नहुनेगरी च्याप्न थालेपछि त्यसलाई रोक्न प्रहरीले क्रसलाइन बनाएको हो ।

IMG_20241120_112811-1732085275.jpg

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ट्राफिक व्यवस्थापन सहज बनाउन फ्रिजोन निमार्ण गरिएको बताए ।

“गाडीहरू ट्राफिक आइल्यान्ड (सडक चोकको बीचमा ट्राफिक प्रहरीका लागि बनाइएको ठाउँ)सम्म आइपुग्न थालेपछि व्यवस्थापन गर्न नै असहज हुन्छ । चोकमा गाडी व्यवस्थापन गर्न प्रहरीलाई ठाउँ चाहिन्छ । त्यसकै लागि खाली ठाउँ राख्न, त्यहाँ गाडी रोक्न नमिल्ने गरी फ्रिजोन बनाइएको हो,” प्रवक्ता चतुर्वेदीले भने ।

IMG_20241120_112910-1732085274.jpg

ट्राफिक प्रहरीले स्थानीय तह, महानगर तथा नगरपालिकासँगको समन्वयमा चोकहरूमा पहेँलो रङको लाइन कोरेर गाडी रोक्न नमिल्ने ठाउँ बनाएको हो । यसले ट्राफिक व्यवस्थापनमा सहजता मिल्ने ट्राफिक प्रहरीको विश्वास छ ।

जतिसुकै जाम भए पनि फ्रिजोनमा गाडी रोक्न नमिल्ने प्रहरीले जनाएको छ ।

IMG_20241120_112654-1732085274.jpg

IMG_20241120_112845-1732085273.jpg

IMG_20241120_112632-1732085273.jpg


 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro