site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
टुकुचा खोला भ्रम र यथार्थ

काठमाडौँको मध्यभागमा अवस्थित टुकुचा खोला निकै चर्चित खोलाका रूपमा चिनिन्छ । यो खोलाको विषयमा फरक–फरक धारणाहरू बाहिर आएका छन् । 

विशेषगरी काठमाडौँ महानगरपालिकाबाट टुकुचा खोतल्ने कार्यदेखि कमलादीमा भत्किएको कल्भर्टका विषयमा अनेक टीकाटिप्पणी र बहस भए ।

टुकुचा खोलालाई पहिले इच्छुमती खोलाको नामले चिनिने गर्थ्यो । हाल नेवारी भाषामा टुकुचाको नामले चिनिन्छ । यो खोलाको मुहान (शिर) चुनदेवी (निर्मल निवास पछाडि) पर्छ । सुरुको अवस्थामा यस खोलामा चुनदेवीको गहिरो खेतमा वरिपरिबाट जम्मा भएको पानीबाट उत्पत्ति भएको थियो । 

KFC Island Ad
NIC Asia

tukucha_khola-1732258951.jpg
 

तर, पछि विकास निर्माण तथा सहरीकरणको प्रभावको कारण बाँसबारीदेखिको ढल पनि उक्त गैरीखेतमा आउँछ । उक्त खोलाको मुहानमा मिसिन गई टुकुचाकै रूपमा बगिरहेको देखिन्छ । चुनदेवीबाट सुरु भएको खोला विभिन्न स्थान हुँदै वाग्मतीमा गएर मिसिन्छ । उक्त खोलाको लम्बाई ६ किलोमिटर मात्र छ ।

Royal Enfield Island Ad

टुकुचाको हालको अवस्था

चुनदेवीको गहिरो खेतबाट सुरु भएको यो खोलामा बाँसबारीदेखिको १२०० मि.मि.को ढल मिसिएर बग्न शुरु गर्छ । साइट निरीक्षणको क्रममा देखिएका अवस्थाहरू यहाँ प्रस्तुत गरिएको छ । 

उक्त गैरीखेतमा मङ्गाल बनाई उक्त खोलालाई ढलमा प्रवेश गराएको देखिन्छ । त्यसपछि टुँडालदेवीको मन्दिर परिसरमा केही भाग खुला खोलाकै रूपमा बगेको छ । त्यसबाहेक बालुवाटारसम्म कहीँ पाइप तथा कहीँ ढलान गरेर ढलानमुनि पानी बगेको देखिन्छ । 

tukucha1-1732258951.jpg
 

बालुवाटारबाट गोमा पेट्रोल पम्प गैरीधारासम्मको खण्डमा करिब–करिब खुला रूपमै बगेको छ । अनि निलसरस्वती हुँदै नानीगञ्जसम्मको स्थानमा घर–घर जाने स्ल्याबहरूका कारण आंशिक रुपमा खुला छ । नानीगञ्जमा भएको कल्भर्टबाट उक्त खोला नारायणहिटी दरबार संग्राहलयभित्र प्रवेश गर्छ र संग्राहलय परिसरमा खुला नै छ ।

संग्राहलयको दक्षिण पर्खालबाट इट्टाको संरचना बनाएर जयनेपाल सिनेमाघर हुँदै कमलादीको कल्भर्टसम्म लगिएको देखिन्छ । चारैतिर इट्टाको संरचना बनाई घोडाको खुरको आकारमा पानीलाई उक्त संरचनाबाट हिँडाई त्यसमाथि सडक लगायत अन्य संरचना बनेको देखिन्छ ।

तत्कालीन बेलामा यस किसिमका संरचना बन्नु कुनै न कुनै इन्जिनियरिङ तथा केही आधिकारिकता पाएर बनाएको हुनुपर्ने भन्नेसम्म अन्दाज गर्न सकिन्छ । संग्राहलयमा खुला रहेको भएपनि पर्खालबाट उक्त खोलालाई साँघुरो पारी लगिएको छ । तत्कालीन बेलामा त्यहीबमोजिमको हाइड्रोलोजीको डिजाइन थियो होला । तर आजकाल मानव निर्मित संरचना जस्तै ढल, सडक, भवन आदिको कारण पानीको बहाव बढ्न गयो । 

नारायणहिटीमा गत असोज ११–१२ को बाढीमा परिसर नै डुबानमा परेको पीडा त्यही परिसर संरक्षणमा खटिएका एक सैनिकले बताइरहनुभएको थियो । त्यसपछि उक्त खोला पद्मकन्या क्याम्पस, बागबजार, फन पार्क, आर्मी ब्यारेक, कालमोचन महादेव मन्दिर हुँदै बागमतीमा गएर मिसिन्छ । 

टुकुचा खोला भ्वाङ

टुकुचा खोलाको कमलादीमा रहेको कमलादी मार्गको कल्भर्ट गत साउन २३ गते रातिको अविरल वर्षात्का कारण भत्कियो । उक्त सडक खण्ड सडक डिभिजनको कार्यक्षेत्रभित्र पर्ने हुनाले खबर पाउनसाथ हामी उक्त स्थानमा पुग्यौँ, निरीक्षण गर्यौ ।

tukucha32-1732258951.jpg
 

इट्टाको पर्खालमाथि फलाम तथा काठको बिम राखेर बनाइएको उक्त कल्भर्टको इट्टाको पर्खालहरू फुटेका थिए । खोलाको पानी भत्किएका पर्खालबाट बाहिरतिर निस्केर माटो बगाएर कल्भर्ट वरिपरि दुवैतर्फ ठूला ठूला खाडलहरू परेका थिए ।

यस अगाडि पनि पटक–पटक भ्वाङ परेको थियो । महानगर नजिक रहेकाले त्यहाँबाट छिट्टै खबर आउँथ्यो । हामी उहाँहरूकै रोहबरमा भ्वाङ टाल्ने गर्थ्यौ । पछिल्लो समय टालेको १÷२ दिनमा भ्वाङ परेको थियो । अन्तमा कल्भर्ट नै भत्कियो ।

तत्कालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं सडक विभागको नेतृत्वले अनुगमन गरी आवश्यक निर्देशन भएपछि सडक डिभिजनले पुनःनिर्माण गर्ने प्रक्रिया शुरु गर्यो । सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को खरिद प्रक्रिया गर्न अनेक चरण पार गरी ठेक्का सम्झौता गर्न कम्तीमा दुई महिना लाग्छ ।

त्यसै समय सीमाभित्र सम्झौता गर्ने काम भएको छ । यस कल्भर्ट भत्केपछि सामाजिक सञ्जाल तथा मिडियाहरूमा भ्वाङ अर्थात् सामान्य खाडल झैँ गरेर त्यति खाडल पनि नपुरेको ? न्यूरोडको खाडल रातारात टाल्नेले यो भ्वाङ किन नटालेको ? महानगरसँगको द्वन्द्वले नटालेको ? भनी व्यापक आलोचना समेत खेप्नुपरेको थियो ।

वास्तवमा त्यहाँ एउटा भ्वाङ मात्रै नभई परापूर्वकालमा बनेको कल्भर्ट (पुल) नै भत्किएको र उक्त पुललाई पुननिर्माण नै गर्नुपरेको हो । काठमाडौँ महानगरपालिका तथा पुरातत्व विभागसँगको समन्वय र आपसी छलफल गरेर उक्त कार्य भएको हो ।

मध्य वर्षाको बेलामा तत्कालै निर्माण शुरु गरिहाल्ने अवस्था थिएन । वरिपरिको कमजोर माटोको धरातल भएको कारण र खोला डाइभर्सन गर्न सकिने अवस्था पनि थिएन । प्राविधिक र प्रशासनिक रूपले यथार्थ बुझ्नेबाट उक्त वाध्यताको अवस्था स्वीकार भएकै थियो ।

googletukucha-1732258950.jpg
 

तर नबुझेका, नकारात्मक सोच भएका, बुझेर पनि बुझ पचाउनेहरूका लागि हामीसँग जवाफ थिएन र चुप बस्नुको विकल्प थिएन । यसरी विभिन्न चरण पार गरी गत असोज १८ गते सम्झौता भएकामा असोज ११÷१२ को वर्षात्को असर त्यहाँ पनि पर्यो र लगतै दशैँ आएकाले साइटमा वास्तविक निर्माण कार्य कार्तिक २ गतेबाट शुरु भयो ।

सम्झौता मुताविक दुई महिना लाग्ने भएपनि वास्तविक कार्य दिन वर्षा र चाँडबाँडमा काम गर्न नपाएकाले केही ढिला हुन सक्छ । तर हामी समयमै सक्न लागि परेका छौं । कल्भर्ट (पुल) को मुख्य ढलान कार्य सकिएको छ भने अब दायाँबायाँ पुरेर पिच गर्ने काम मात्रै बाँकी रहेको छ ।

निष्कर्ष र सुझाव

क) परापूर्वकालको इच्छुमती खोलामा विभिन्न ठाउँबाट ढल मिसिएकाले स्वरूप नै फरक छ । तत्कालीन बेलाको व्यवस्थापन हाल आएर अपुग हुन्छ । त्यसैले हालको अवस्था अनुसार अध्ययन गरी योजना बनाउन उपयुक्त हुन्छ ।

ख) टुकुचा कोरीडोर विकासका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले तयार पारेको ‘प्रि–फिजिबिलिटी’ अध्ययन प्रतिवेदनले औल्याएको अल्पकालीन र दीर्घकालीन योजनाका लागि करिब ५ अर्बको परियोजना लागू गर्न सके उपयुक्त हुन्छ ।

ग) यस खोलामा भएका विभिन्न कल्भर्टहरू पुराना भएका छन् । समयमै निरीक्षण गरी मर्मत गर्न उपयुक्त हुन्छ ।

(लेखक ई. भण्डारी सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख हुन् ।)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro