site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालीसहित आप्रवासी सवार ट्रकमा मेक्सिकोको सेनाले गोली चलायो, ६ जनाको मृत्यु 

काठमाडौं । नेपालीसहित आप्रवासी सवार ट्रकमा मेक्सिकोको सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । ग्वाटेमालासँगको सिमानामा गुडिरहेको ट्रकमा मेक्सिकोको सेनाले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो । मृत्युको हुनेको राष्ट्रियता खुलाइएको छैन ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार, ट्रकमा ३३ आप्रवासी थिए । ट्रकमा नेपाल, भारत, पाकिस्तान, क्युबा र इजिप्टका नागरिक थिए ।

मेक्सिकोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, उक्त घटनामा १० जना घाइते छन् । घटना स्थानीय समयानुसार मंगलबार साँझ ग्वाटेमालाको सीमाबाट ४० किलोमिटर उत्तरमा भएको थियो ।

गस्ती गरिरहेको सेनाले तीव्र गतिमा रहेको ट्रकलाई रोक्न ‘अर्डर’ गर्दा नरोकिएपछि गोली चलाइएको थियो । गोली चलाउने दुई सैनिकलाई कारबाही गरिएको समेत जनाइएको छ ।

उक्त मन्त्रालयका अनुसार, चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा अस्पतालमा दुईजनाको मृत्यु भएको हो । ट्रकमा सवार अरू १७ जनालाई अध्यागमन कार्यालयमा बुझाइएको जनाइएको छ ।

ट्रकमा रहेका आप्रवासी मानव तस्करको पछि लागेर अमेरिका जाँदै गरेका अनुमान गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro