site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
करारको भत्ता बढाएपछि एकैपटक बिरामी भएका निगमका पाइलट... 

काठमाडौं । करारका कर्मचारीलाई बढी सेवा सुविधा दिएको भन्दै आइतबार नेपाल वायु सेवा निगमका स्थायी पाइलटले हडताल गरे ।  हडतालका कारण काठमाडौंबाट अन्तर्राष्ट्रिय गन्तव्य जाने र नेपाल आउने यात्रु प्रभावित भए । 

उसै कहिले महिनौ ‘सी–चेक’ गर्न पठाएको र नियमित उडान गर्न नसकेको भन्दै बदनाम भएको निगम आइतबार आफ्नै पाइलटका कारण आलोचित हुन पुगेको छ । 

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण गरिरहेको र पर्यटकीय सिजनको चापमा उडान नहुँदा यात्रुहरु विमानस्थलमा अलपत्र परेका थिए । 
प्राधिकरणले काठमाडौंबाट ३० प्रतिशत उडान कटौती गर्दा हवाइ भाडा उच्च छ । 

Dabur Nepal
NIC Asia

राति १० देखि बिहान आठ बजेसम्म विमानस्थल बन्द हुँदा त्यसको मार यात्रुहरुले व्योहोर्नु परेको छ ।  त्यसमा पनि निगमका पाइलटहरु अघोसितरूपमा हडतालमा उत्रिएका कारण यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।

निगमका आठ जना स्थायी पाइलट बिरामी र घरायसी बिदा भन्दै अचानक बिदामा बसेपछि त्यसले वायुसेवा निगमका उडान आइतबार प्रभावित भयो । 

दुई वाइडबढी र दुई न्यारोबडी विमान भएको निगमका आठ पाइलट आन्दोलनमा उत्रिएका कारण मुम्बई जाने जहाज आठ घण्टा डिले तथा दुवई उडान क्यान्सिल भएको थियो ।

सरकारले अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न निषेध गरेको छ ।  आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) अनुसार स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ । 

तर,  पाइलटहरुले अघोसित रुपमा बिरामी–घरायासी काम भन्दै सेवा ठप्प पारेका हुन् ।  निगमले पाइलट आन्दोलनको विषयमा यात्रुहरूलाई समयै जानकारी नगराई विमानस्थलमा उपस्थिति गराई अलपत्र पारेको थियो । निगमलाई पाइलटहरुको आन्दोलन थाहा हुँदै हुँदै पनि आफूहरुलाई विमानस्थलमा बोलाएर अलपत्र पारेको भन्दै यात्रुहरु आक्रोशित विमानस्थल अशान्त भएको थियो । 

आइतबार दिल्लीबाट दिउँसो ३ः१५ को उडान समय रहँदा १२ बजेदेखि नै विमानस्थलमा बोलाएर अलपत्र पारेको एमएड्ब्लू इन्टरप्राइजेजका मार्केटिङ अफिसर पुनम सिंहले बताइन् । “नेपाल एयरलाइन्सको कस्तो लापरवाही हो । फ्लाइट हुँदैन भन्ने थाहा हुँदै हुँदै यसरी अलपत्र पार्न हुन्छ ? विमानस्थल आएर घण्टौं बसेपछि क्यान्सिल गर्ने हो ?” आक्रोशित हुँदै उनले भनिन्,“हामीलाई ट्याक्सीमा होटेल जानुस् र रिसिप्ट लिएर आउनुस् भन्छन् । कस्तो लापरबाही हो यो ।”

विमान नउड्ने भएपछि निगमका कर्मचारी यात्रुअघि समेत देखा नपरेको सिंहको भनाइ छ ।

“फ्लाइट क्यान्सिल भएपछि त्यहाँ कर्मचारी समेत देखा परेनन् । एक भारतीय कर्मचारीलाई पठाएर फ्लाइट क्यान्सिल भएको भने,” उनले भनिन् । 

निगमका ४३ जना स्थायी पाइलट छन् । करारका पाइलटको सेवा सुविधा धेरै भएको र उक्त सुविधा आफूहरुले पाउनुपर्ने माग गर्दै पाइलटहरुले आन्दोलनमा छन् । 

मंसिर ६ गतेबाट आन्दोलन सुरू गरेका पाइलटहरुले आइतबार भने अचानक घरायसी काम र बिरामी बिदा लिएपछि ‘फ्लाइट क्यान्सिल’ भएको थियो ।  पाइलटहरुले अचानक बिरामी बिदा लिएपछि आइतबार समस्या परेको निगमका प्रवक्ता रमेश पौडेल बताउँछन् । 

“तलबभत्ता बढ्नुपर्ने माग राख्दै आठ जना पाइलटले बिरामी बिदा लिएर असन्तुष्टि जाहेर गरेका हुन्,” उनले भने,“सोमबारबाट फ्लाइट नियमित छ ।”

समस्या समाधानको लागि प्रयासका बाबजुद पाइलटहरुले अचानक अघोसित हडतालका कारण काठमाडौं–मुम्बई, काठमाडौं–दुवई उडान समस्या भएको पौडेलले जनाए । 

“मुम्बईको त डिले भएको हो । आइतबार क्यान्सिल भएको दुवई उडान सोमबार भएको छ,” पौडेलले भने ।  करार सेवामा कार्यरत पाइलटहरुले भत्ता र तलब बापत १० देखि १२ लाख लिइरहेका छन् ।  यस्तै स्थायी पाइलटहरुले ६ देखि ८ लाखसम्म लिइरहेका छन् । 

करारमा रहेका पाइलटहरुको सेवा सुविधा बढी भएको भन्दै स्थायी पाइलटहरूले अघोसित आन्दोलन गरेको निगमले जनाएको छ ।  सेवा सुविधा बढाउने तयारी गर्दा गर्दै पाइलटहरुले एकाएक आन्दोलनमा आएका कारण समस्या भएको निगमका अध्यक्ष युवराज अधिकारी बताउँछन् । 

“उहाँहरुले सेवा सुविधाको माग गर्नु भएको थियो हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं,” उनले भने, “सुविधा बढाउने फाइल व्यवस्थापन, बोर्ड तथा पर्यटन मन्त्रालयबाट सिफारिस भएर अर्थमा पुगेको छ । त्यहाँ छलफलमा रहेको छ । यो तत्काल हुने विषय होइन । सीक लीभ भनेर केही पाइलटहरु बिदामा बस्नुभएको छ । यो राम्रो होइन ।” 

यसअघि पनि निगमको ‘क्याबिन क्रु’ को आन्दोलनका कारण उडान प्रभावित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro