site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा विघटनको बचाउ, विरोधीको उछितो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभा बैठकमा उठेका प्रश्नहरुबारे जवाफ दिएका छन् । सो क्रममा उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि मात्र गर्न खोजेनन्, सरकारको आलोचना गर्नेहरुको उछितो काटे । 

विशेषगरी उनको आक्रोशको निशाना बने चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी,अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की । उनीहरुले संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यसप्रति ओलीको चर्को आक्रोश थियो ।

उनले सरकारले ताजा जनादेशका लागि जनतामा जाने घोषणा गरिसकेको भन्दै खुट्टा नकमाउन पनि आग्रह गरे । उनले प्रधानमन्त्रीलाई कसैले हटाउन नसक्नु नै स्थिरता र स्थायित्व भएको पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

काम गर्न पाइनँ, त्यसैले विघटन
प्रधानमन्त्री ओलीले सुरुमा प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गरे । सो क्रममा उनले सरकारलाई काम गर्न नदिइएको, घेराबन्दी गरेको गुनासो गरे । समयअगावै प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्दै ओलीले त्यसको कारण सरकारलाई काम गर्न नदिइनु रहेको ओलीको प्रस्टीकरण थियो । सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्र सिर्जना गर्ने काम भएको उनले गुनासो गरे ।

“अलिकति नयाँ मोडबाट,नयाँ घटना,नयाँ परिदृश्यबाट अगाडि बढिरहेको छ । यतिबेला हामी समयभन्दा अलिकति अगाडि प्रतिनिधिसभाको नयाँ जनादेश माग्न जनताबीच जाने तयारी गर्दै छौं,” उनले भने, “प्रतिनिधिसभा विघटन भयो । देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख छ ।” उनले प्रतिनिधिसभा पाँच वर्ष चलोस् भनेर चाहे पनि त्यस्तो हुन नसकेको बताए । 

Global Ime bank

त्यस्तै, उनले विधि र पद्धतिले जनतालाई खान दिन्छ ? भन्दै प्रश्न पनि गरे । उनले भने, “जनताले नबुझ्ने, जनताका सरोकार नभएका विधि, पद्धति ? के बुझ्ने जनताले पद्धति ? न पद्धति लाउन हुन्छ, न खान हुन्छ । विचरा जनतालाई सुनाइदिएको छ विधि पद्धति ।”

त्यस्तै, उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेलाई संविधान पढ्न पनि सल्लाह दिए । 

कसैले प्रधानमन्त्री हटाउन सकेन, यही हो स्थिरता
प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै प्रयास गर्दा पनि अहिले प्रधानमन्त्री हटाउन नसकेको भन्दै यही नै स्थिरता भएको बताए । राष्ट्रियसभामा बोल्दै उनले भने, “चाहेर पनि कसैले प्रधानमन्त्री हटाउन सकेन, यो स्थिरता र स्थायित्वको अवस्था हो ।” उनले चुनावको घोषणा हुनु अस्थिरता नभएको पनि बताए । “चुनाव हुनु अस्थिरता होइन । बाह्‍य शक्तिको इशारामा जब देशका शक्ति गोटी बन्न थाल्छन् । देशको राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन् । निर्वाचित प्रमलाई काम गर्न नदिने अवस्था आउँछ । त्यो हो,” उनले भने । उनले अल्पमतका प्रधानमन्त्री, एउटा व्यक्ति सांसदले पनि यदि विश्वासको मत प्राप्त गर्न सकेन भने प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्न सक्ने भन्दै प्रतिनिधिसभा विघटनको बचाउ पनि गरे । 

निर्वाचन भन्नेबित्तिकै किन सातो जान्छ ? 
प्रधानमन्त्री ओलीले निर्वाचनमा जाने भन्ने बित्तिकै धेरैको सातो गएको बताएका छन् । उनले चुनाव घोषणा भएको भन्दै रिङमा उत्रन आग्रह गर्दै भने, “रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?” 

प्रधानमन्त्री ओलीले आफूले गलत गरेको रहेछ भने जनतामा गएर दण्ड दिन पनि उनले सल्लाह दिए । प्रधानमन्त्री ओलीले आफूलाई गैरजिम्मेवार भनिएकोप्रति पनि आक्रोश पोखे । उनले आफू जिम्मेवार भएरै प्रतिनिधिसभा विघटन गरेको पनि बताए । 

पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश 
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत नभएको बताएका पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध आक्रोश पोखे । केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि न्यायालयमै छुजस्तो ठानेको भन्दै ओलीले कटाक्ष गरे ।

“केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि न्यायालयमै छु जस्तो ठानेर केही पूर्वन्यायमूर्तिहरु स्वतन्त्र न्यायालयलाई सडकमा ओर्लिएर लल्कार्दै हुनुहुन्छ,” उनले भने, “कस्तो न्याया दिनुभएछ आफ्नो समयमा भनेर मलाई अचम्म लाग्छ ।” राजनीतिक पक्षधरताका हिसाबले पूर्वप्रधानन्यायाधीशहरुले काम गरेको, आफ्नै हैसियतको दुरुपयोग गरेर न्यायालयलाई दबाबमा पार्न खोजेको उनको आरोप थियो ।

त्यस्तै,ओलीले कुनै अधिवक्ता वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुस् भनेर प्रधानन्यायाधीशलाई भन्नु धम्की भएको बताए । “न्याय गर्ने कुरामा वकालनामा भरेका वलिहरुले बहस गर्नु, अदालतले सहयोगीका रुपमा मानेको एमिकस क्युरीले बहस गर्नु, सरकारी वकिलले बहस गर्नु, स्वतन्त्र अधिवक्ताहरुले बहस गर्नु  एउटा कुरा हुन्छ,” उनले भने, त्योभन्दा पृथक ढंगले अदालतलाई दबाब  दिने, सडकबाट फैसला गर्ने ?” ओलीको प्रश्न थियो ।   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC