site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले गर्‍यो पहिलोपटक औपचारिक प्रस्ताव 

काठमाडौं । नयाँ सत्ता समिकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पहल थालेको छ । 

आज सभापति शेरबहादुर निवास बूढानिलकण्ठमा बसेको ३ दलको बैठकमा कांग्रेसले नयाँ सरकार कांग्रसको नेतृत्वमा बनाउन पहिलो पटक औपचारिक प्रस्ताव गरेको हो । 

बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठक सत्ता समीकरणका लागि थालिएको पहल भएको बताए । 

उनले नयाँ सरकार बनाउनुपर्छ भन्नेमा एकमत बनाउन प्रयास भएको र नयाँ सरकारबारे जसपाले चाँडै निर्णय गरेपछि बैठक बसेर थप निर्णयमा पुग्ने शर्माले जानकारी दिए ।  

बैठकबाट बाहिरिँदै जसपाका अध्यक्ष महन्थ ठाकुरले भने नयाँ सरकारका बारेमा पार्टीमा छलफल गर्नै बाँकी रहेको बताए । 

“कांग्रेसले सरकार बनाउने, तपाईंहरु सहयोग गर्नुस् भनेर आयो । हामीले छलफल गरेका छैनौं, अब छलफल गर्छौँ,” ठाकुरले भने । 

कांग्रेसले बैठकमा ३ दल मिलेर सरकार बनाउनका लागि प्रस्ताव गरेको पनि उनले बताए । 

त्यस्तै, माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णयमा आफूहरुको धारणा बुझेको बताए । 

उनले केपी ओली सर्वसत्तावादी भएकाले स्वतन्त्र चुनाव हुँदैन भन्दै कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको श्रेष्ठले बताए । 

श्रेष्ठले कांग्रेसको सरकार बनाउने प्रस्ताव स्वागतयोग्य भन्दै आफूहरु ओलीको विकल्पमा अर्को सरकार बन्नुपर्ने पक्षमा रहेको बताए । 

जसपाले छिटै निर्णय गरोस् भन्ने आफूहरुले चाहेको पनि श्रेष्ठले बताए । “केपी ओलीको विकल्पमा बहुमतको सरकार बनोस् भन्ने हामी चाहन्छौं,” उनले भने । 

देउवाको आह्वानमा भएको बैठकमा  कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत थिए । 

माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन् । 

यस्तै, जसपाबाट नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro