देश

काठमाडौं । काठमाडौंको तीनकुनेमा उत्पात मच्चाएर भागेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ । भारतमा लुक्दै आएका प्रसाईंलाई प्रहरीले भने झापाबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई केहीबेरअघि काठमाडौं ल्याइएको हो । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ । चैत १५ गते उनको नेतृत्वमा भएको अराजक प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्