राजनीति

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको भन्दै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताएका छन् ।
व्यास नगरपालिकाको दमौलीमा आज आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा उनले लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए ।
मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए ।
उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको बताए । रासस
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ १३:४८
प्रतिक्रिया दिनुहोस्