site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक संरचना छरितो बनाउन मन्त्री पौडेलले गरे यस्तो प्रस्ताव 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे । 

कांग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको उनको जिकिर छ । कांग्रेसको अर्थनीतिमै अरु राजनीतिक दल हिँडिरहेको उनको टिप्पणी छ । कांग्रेसको अर्थनीति नै सबैले अंगालिरहेको उनले दाबी गरे । 

उनले चालु खर्च घटाउन जरुरी रहेको बताए । २७५ को संसद्को संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको उनको धारणा छ । 

प्रदेशसभाको सांसद संख्या आधा घटाउन उनको प्रस्ताव छ । 

पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने पौडेलले बताए । 

संघीय मन्त्रिपरिषद् २५ बाट १५ जनामा झार्नुपर्ने बताएका उनले प्रदेशको मन्त्रीको संख्या तीन सदस्यीय बनाउनुपर्ने धारणा राखे । 

राजनीतिक संरचना घटाएपछि प्रशासनिक संरचना पनि घटाउन सकिने उनको जिकिर छ ।  —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro