site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : पाँच जनाको मृत्यु, १२१ संक्रमित

जनकपुर । प्रदेश २ मा सोमबार कोरोना संक्रमण भएका पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका –३ का ३५ वर्षीय पुरुष, सोही ठाउँका ४० वर्षीय पुरुष, सिरहाको गोलबजार नगरपालिका –३ का ७७ वर्षीय पुरुष, सिरहाकै मिर्चैया नगरपालिका-६ का ६० वर्षीय पुरुष र पर्साको वीरगंज महानगरपालिका –३०, लालपर्साका ५४ वर्षीय पुरुषगरी पाँच जनाको मृत्यु भएको हो । 

मृतकमध्ये सर्लाही चक्रघट्टाका ३५ वर्षीय र ४० वर्षीय दुवै पुरुषको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको थियो । अत्यन्तै सिकिस्त अवस्थामा रहेका उनीहरु दुवै जनाको प्लाज्मा थेरापी विधिबाट उपचार हुँदाहुँदै मृत्यु भएको मन्त्रालयले विज्ञप्ती मार्फत जनाएको छ । 

सोमबार प्रदेशका विभिन्‍न जिल्लामा १२१ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनुषामा सात जना महिलासमेत ४२ जना, महोत्तरीमा दुई जना पुरुष, सिरहामा ९ जना महिलासमेत ५६ जना, पर्सामा एक जना पुरुष र सर्लाहीमा चार जना महिलासमेत २० जना संक्रमित भएका हुन् । 

प्रदेशमा संक्रमितको संख्या एक हजार सात सय ८१ जना महिलासमेत ११ हजार दुई सय ६१ जना पुगेको छ ।

तीमध्ये मृतकको संख्या एक सय छ पुगेको छ भने पाँच हजार आठ सय ३६ जना कोरोनामुक्त भएका छन् । सोमबार ९२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro