देश

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२, डाँडाखर्कमा लेकलागेर एकजनाको मृत्यु भएको छ । शनिबार (चैत ३०) बिहान तनहुँको भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको उनले बताए । सिग्देलको शव परीक्षणनिम्ति जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार (चैत ३१) मात्र खाँदबारी ल्याइन सक्ने प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ २१:१०
प्रतिक्रिया दिनुहोस्