site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा करेन्ट लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

झापा । झापाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार (चैत ३०) बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार, करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro