site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रदेश २ मा बाल र वृद्धभन्दा मध्यम उमेरका संक्रमित धेरै

जनकपुर । कोरोना भाइरस (कोभिड १९) ले सामान्यत: बालबालिका तथा ज्येष्ठ नागरिकमा सहजै संक्रमण हुने गर्छ । प्रदेश २ का विभिन्‍न जिल्लामा संक्रमित भएकाहरुको उमेर समूह हेर्दा जवान व्यक्तिहरुमा नै बढी संक्रमण फैलिएको देखिन्छ ।

प्रदेशस्थित स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शुक्रबारसम्म यस प्रदेशमा १६ हजार ५ सय ८४ जना संक्रमित भएका छन् । तीमध्ये १० वर्षमुनिका जम्मा २ प्रतिशत बालबालिकाहरुमा संक्रमण देखिएको छ । १० वर्षमुनिका ३८६ जना बालबालिका संक्रमित छन् ।

Argakhachi Cement Island Ad

११ वर्षदेखि १९ वर्ष उमेर समूहका एक हजार सात सय ९५ जना अर्थात् ११ प्रतिशत संक्रमित भएका छन् भने २० वर्षदेखि ५९ वर्ष उमेर समूहका १३ हजार १६० जना अर्थात् ७९ प्रतिशत संक्रमित छन् । ६० वर्षभन्दा बढी उमेरका ६ प्रतिशत अर्थात् ९ सय ७४ जना संक्रमित भएका छन् । तथ्यांकअनुसार कुल संक्रमितमध्ये २ सय ६९ जना अर्थात् १ दशमलव ६२ प्रतिशत संक्रमितको उमेर समूह खुल्न सकेको छैन ।

प्रदेश २ मा अहिलेसम्म दुई हजार आठ सय ७७ जना महिला र १३ हजार सात सय सातजना पुरुष गरी १६ हजार पाँच सय ८४ संक्रमित भएका छन् । तीमध्ये एक सय ९० जनाको मृत्यु भइसकेको छ भने १५ हजार ६ सय ५६ जना कोरोनामुक्त भएको निर्देशनालयको तथ्यांकले पुष्टि गर्छ । तथ्यांकअनुसार शुक्रबार यस प्रदेशका सबै (८) जिल्लामा गरी ७६४ जना सक्रिय संक्रमित छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ११:४९
प्रतिक्रिया दिनुहोस्