site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीरगन्जमा यसकारण लगाइयो कर्फ्यु

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार (चैत ३०) दिउँसो तनावपछि आइतबार (चैत ३१) मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

वीरगन्ज क्षेत्र दिउँसो तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं एसपी गौतम मिश्रले जानकारी दिए । स्थिति अझै साम्य भइनसकेको उनले बताए ।

वीरगन्जमा दुई समुदायबीच तनाव उत्पन्न भएको हो । एउटा पक्षको ठूलो र्‍यालीक्रममा अर्को समूहबाट ढुंगा प्रहार गरिएपछि विवाद भएको थियो । “त्यसपछि दोहोरो ढुंगा हानाहान र झडप भयो,” एसपी मिश्रले बाह्रखरीसित भने ।

उनका अनुसार, करिब १५ हजारजना सम्मिलित र्‍याली इदगाहचोकमा पुगेपछि ढुंगामुढा र झडप भएको थियो । त्यसक्रममा केही प्रहरी र घटनामा संलग्न व्यक्ति घाइते भएका उनले बताए ।

झडपसँगै र्‍यालीमा सहभागी र अर्को समूहका व्यक्तिहरू तोडफोड, आगजनीमा समेत उत्रिएका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा, अश्रुग्यास प्रहार र हवाईफायर समेत गरेको थियो । “साम्प्रदायिक झडप भयो । स्थिति तनावग्रस्त बन्यो,” उनले भने, “स्थिति नियन्त्रणमा लिन पानीका फोहोरा, केही सेल अश्रुग्यास, केही राउन्ड हवाईफायर पनि गर्‍यौँ ।”

हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो ।

स्थिति तनावपूर्ण बन्दै गएपछि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यु आदेश जारी भएको उनले बताए । “प्रहरीतर्फ ठूलो संख्यामा घाइते भएका छन्,” एसपी मिश्रले भने, “स्थिति अझै (शनिबार बेलुका ७ बजे) तनावग्रस्त छ । कर्फ्यु लगाइएको छ ।”

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro