site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दिबासमा भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु

जनकपुर । ६ वर्षीया बालिकाको हत्यापछि उत्पन्‍न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि अर्को युवकको मृत्यु भएपछि बर्दिबास क्षेत्र थप तनावग्रस्त बनेको छ ।

मृतक पक्षको आक्रोश नियन्त्रण गर्न स्थानीय प्रशासनले बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घण्टाका लागि जारी गरेको कर्फ्यु (निषेधाज्ञा) आदेश भोलि (बिहीबार) बिहान ६ बजेसम्म थप गरेको छ । प्रशासनले बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि पीडित पक्षको आक्रोशित भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई चुनौती देखिएको उक्त क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले बाह्रखरीलाई बताइन् ।

आइतबारदेखि बेपत्ता भएकी बर्दिबास ५ की ६ वर्षीया बालिका गुलाश खातुनलाई करणी गरी हत्या गरिएको भन्ने खबर बाहिरिएपछि मंगलबार बर्दिबास क्षेत्रमा तनाव सुरु भएको थियो । स्थानीयले घटनाका आरोपीको घरमा आगजनीदेखि पूर्व-पश्‍चिम राजमार्ग अवरुद्ध गर्नेसम्मको विरोध प्रदर्शनमा उत्रिएपछि प्रहरीले भिड नियन्त्रणमा लिन गोली चलाएको थियो । सोही गोली लागेर एकजनाको मृत्यु भएपछि तनाव थप जटिल भएको हो ।

प्रहरीले मंगलबार चलाएको गोली लागेका स्थानीय बुद्धिराज (सञ्‍जय) न्यौपानेको उपचारका क्रममा राति १ बजे काठमाडौंस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको छ । उनको मृत्युपछि अवस्था थप आक्रोशित भएको छ । स्थानीयको आक्रोशलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

तर, अवस्था अझै समान्य हुने संकेत नदेखिएपछि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको बर्दिबास इलाका प्रहरी कार्यालयका इन्चार्ज डीएसपी राजन चापागाईंले जानकारी दिए ।
 

महोत्तरीमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराजको मृत्यु

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro