site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : ७९ कोरोना संक्रमित थपिए, १४२ डिस्चार्ज

जनकपुर । प्रदेश २ मा आइतबार ७९ जना कोरोना संक्रमित थपिएका छन् भने १४२ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धनुषामा सात जना, महोत्तरीमा चार जना, बारामा दुई जना, पर्सामा २५ जना, सर्लाहीमा १६ जना, रौतहटमा सात जना र सप्तरीमा १८ जना संक्रमित थपिएका छन् । 

प्रदेशभर कुल संक्रमितको संख्या ११ हजार १४० पुगेको छ । तीमध्ये पाँच हजार ७४४ जना कोरोनामुक्त भइसकेका छन् । 

कोरोना संक्रमणबाट १०१ एक जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार २९५ रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए । 

थप एकको मृत्यु

कोरोना लागेका एक जना ७८ वर्षीय वृद्धको आइतबार मृत्यु भएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका –१४ का ती कोरोना संक्रमित पुरुषको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro