site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा मृतकको संख्या सय पुग्यो, संक्रमित ११ हजार नजिक

जनकपुर । प्रदेश २ मा कोरोना संक्रमण भएका मध्ये पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका –२ का ७५ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका –१० आदर्शनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । दीर्घ रोगसँग लडिरहेका उनीहरुमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

शनिबार लामो समयपछि एक दिनमा संक्रमित हुनेको संख्या दुई अंकमा झरेको छ । मन्त्रालयको अनुसार प्रदेशका विभिन्न जिल्लामा ८४ जना संक्रमित भएका हुन् । 

तीमध्ये धनुषामा एकजना महिलासहित छ जना, महोत्तरीमा सातजना महिलासमेत २५ जना, बारामा एकजना महिलासमेत १२ जना, पर्सामा पाँचजना महिलासमेत आठ जना र सप्तरीमा ११ जना महिलासमेत ३३ जना संक्रमित हुन् । 

प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ । तीमध्ये एकसय जनाको मृत्यु भएको छ ।  शनिबार दुई सय ४३ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्केका छन् । यो समेत प्रदेशमा कोरोनामुक्त हुनेको संख्या पाँच हजार छ सय दुई पुगेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro