site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : एक कोरोना संक्रमितको मृत्यु, २५२ संक्रमित थपिए

जनकपुर । प्रदेश २ को सप्तरीमा कोरोना लागेका एक जना पुरुषको बिहीबार मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका (७ घर भएका ५५ वर्षीय ती पुरुषको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । 

बिहीबार यस प्रदेशका विभिन्‍न छ जिल्लामा २५२ जनामा कोरोना संक्रमण भएको छ । 

धनुषामा आठ महिलासहित ६३ जना, महोत्तरीमा ६ महिलासहित १९ जना, बारामा ६ जना महिलासहित २५ जना, पर्सामा २१ महिलासहित ६९ जना, सर्लाहीमा पाँच महिलासहित ३० जना र रौतहटमा ९ महिलासहित ४६ जना संक्रमित भएका हुन् । 

प्रदेशमा कुल संक्रमितको संख्या १० हजार आठ सय आठ पुगेको छ । ती मध्ये पाँच हजार दुई सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

बिहीबार एक सय ८३ जना संक्रमित निको भएर विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro