site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकैपटक चार बच्चा जन्माएकी आमाको मृत्यु

जनकपुर । धनुषामा मंगलबार साँझ एकैपटक चारजना बच्चालाई जन्म दिएकी आमाको बुधबार मृत्यु भएको छ । 

विदेह नगरपालिका –७ की २६ वर्षीया अरमाना खातुनले मंगलबार साँझ जनकपुरस्थित काव्या अस्पतालमा तीन छोरी र एक छोराको जन्म दिएकी थिइन् । डा. सोनिया सिंहले शल्यक्रिया गरी अरमानाको पेटबाट चार जना बच्चालाई बाहिर निकालेकी थिइन् । 

बच्चा जन्माए लगत्तै सिकिस्त भएकी अरमानाको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि तत्काल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अरमानाको फोक्सोमा पानी र रगत जमेर स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्‍न चिकित्सकले जनाएको छ । 

अरमानाले जन्माएका बच्चाहरुको पनि स्वास्थ्य अवस्था स्थिर हुन नसकेको डाक्टर सिंहले बताइन् । चार जना बच्चा मध्ये छोरा साढे एक किलो र तीन छोरीहरु सावा एक किलो तौलका रहेका छन् । आईसीयूमा राखेर उनीहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिकात्मक तस्बिर ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro