site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : एक कोरोना संक्रमितको मृत्यु, २५० संक्रमित थपिए

जनकपुर । प्रदेश २ मा कोरोना संक्रमण भएका ९७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका -९ घर भएका ती पुरुषको उपचारको क्रममा वीरगञ्‍जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । यो समेत प्रदेशमा मृतकको संख्या ९५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै, बुधबार प्रदेशका विभिन्‍न जिल्लामा गरी २५० जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार धनुषामा १२ जना महिलासमेत ५८ जना, महोत्तरीमा आठ जना महिलासमेत २९ जना, सिरहामा दुई जना महिलासमेत १३ जना, बारामा २५ जना महिलासमेत ५२ जना, पर्सामा चार जना महिलासमेत १४ जना, सर्लाहीमा आठ जना महिलासमेत ५१ जना, सप्तरीमा दुई जना महिलासमेत १५ जना र रौतहटमा पाँच जना महिलासमेत १८ जना संक्रमित भएका हुन् । 

बुधबारसम्म प्रदेशमा कुल संक्रमितको संख्या १० हजार पाँच सय ५६ जना पुगेको छ । ती मध्ये पाँच हजार ७१ जना कोरोना मुक्त भएका छन् । बुधबार प्रदेशका विभिन्न जिल्लास्थित अस्पताल तथा आइसोलेशनबाट निको भएर ८३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro