site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
सीमा क्षेत्रमा तस्कर समूहद्वारा प्रहरीमाथि आक्रमण प्रयास 

जनकपुर । धनुषास्थित भारतीय सीमा क्षेत्रमा तस्कर समर्थक समूहले प्रहरीमाथि नै आक्रमण प्रयास गरेको छ । 

धनुषाको विदेह नगरपालिका –२, दुहबी स्थित सीमावर्ती बस्तीमा भारतीय बजारबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको सामान स्थानीय राजिव महासेठको घरमा भण्डारण गरिएको प्रहरीले सुराकी पाएको थियो । 

सोही आधारमा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयबाट गएको डीएसपी मकेन्द्र मिश्र नेतृत्वको प्रहरी टोलीले खानतलासी गर्न खोज्दा तनाव भएको थियो । 

भन्सार छलेर ल्याइएको सामान नियन्त्रणमा लिन खोजेपछि सीमापारीको बस्तीबाट करिब पाँच सय जनाको समूह आएर प्रहरीमाथि जाइलागेको थियो । उनीहरुले आफुहरुमाथि ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्तासमेत रहेका डीएसपी मिश्रले बाह्रखरीलाई जानकारी दिए । 

स्थिति सामान्य बनेपछि प्रहरीले उक्त घरमा खानतलासी गर्दा कुनै पनि त्यस्तो सामान फेला नपरेको प्रहरीले जनायो ।  गाउँमा प्रहरीको टोली पुग्नासाथ अवरोधमा उत्रेका स्थानीयले नै उक्त सामान तनावको बीच अन्यत्र सारेको प्रहरी भनाइ छ ।  बन्दाबन्दीको बेला पनि तस्करी नियन्त्रण हुन नसकेको उक्त क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि तनाव भएको बताउँदै डीएसपी मिश्रले अब निरन्तर अभियानकै रुपमा तस्करी नियन्त्रण गरिने दावी गरे । 

सांकेतिक तस्बिर 
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro