site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
रुससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

बेइजिङ । चीनले रुससँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नौसेना तथा वायु सेनाले रुसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको छ ।

चिनियाँ तथा रुसी सेनाबीचको रणनीतिक सहयोगलाई बलियो बनाएर सुरक्षा खतरासँग संयुक्तरूपमा सामना गर्ने क्षमता बढाउन अभ्यास गर्न लागिएको मन्त्रालयले उल्लेख गरेको छ । 

दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्र’मा नौसेना पठाउने छन् । चीनले रुसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिने छ ।

यसअघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमाविहीन साझेदारीको घोषणा गरेका थिए । 

गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रुसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध ‘फलदायी’ भएको बताएका थिए । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro