site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
बन्द उद्योग सञ्चालन गर्न निजी लगानी प्रोत्साहन गरिने

काठमाडौं । सरकारले हाल बन्द भएका उद्योग सञ्चालन गर्न निजी लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडलले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले आगामी वर्ष निजी लगानीलाई प्रोत्साहन गर्ने बताएका हुन् । 

“व्यवसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनोवल बढाइनेछ । बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानीलाई प्रोत्साहन गरिनेछ,” उनले भने, “निजी क्षेत्र प्रतिस्पर्धी भएका, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योगलगायत बन्द तथा रूग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान सम्भाव्यताको आधारमा सार्वजनिक निजी साझेदारी र अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिनेछ ।”
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro