site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
सात महिनामा १५ अर्बका ६ हजार १५९ ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६ हजार १५९ वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् ।

गत वर्षको यसै अवधिमा दुई हजार ९ वटा विद्युतीय जीप, कार तथा भ्यान आयात भएको थियो । गत वर्षको तुलनामा यसवर्ष तीन गुणा बढी ईभी आयात भएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब चार करोड रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका हुन् । यसबाट सरकारले ६ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस अवधिमा सबैभन्दा बढी ५० देखि एकसय किलोवाट क्षमताका तीन हजार ३९४ विद्युतीय जीप, कार तथा भ्यान आयात भएका छन् ।

यस्तै, शून्यदेखि ५० किलोवाट क्षमताका दुई हजार ६७७ विद्युतीय गाडी आयात भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro