
जनकपुर । प्रदेश २ मा बिहीबार कोरोना लागेका आठ जनाको मृत्यु भएको छ । यो समेत प्रदेशमा मृतकको संख्या ७२ पुगेको छ ।
पर्साको सुपौली घर भएका ६८ वर्षीय एक जना पुरुष, वीरगंज महानगरपालिका –१४ घर भएका ६२ वर्षीय एक जना पुरुष, बारा जिल्लाका विभिन्न पालिकामा घर भएका ४२ वर्षीय, ५९ वर्षीय, ७० वर्षीय र ७५ वर्षीय गरी चार जना पुरुष, सुवर्ण गाउँपालिका –४, हर्दिया घर भएका २३ वर्षीया गर्भबती महिला र धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका –४ घर भएका ४५ वर्षीय एक जना पुरुषसमेत आठ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ ।
यस प्रदेशमा बिहीबार १२४ जनामा कोरोना संक्रमण भएको छ । धनुषामा तीन जना महिलासमेत ३७ जना, महोत्तरीमा छ जना पुरुष, सिरहामा चार जना पुरुष, बारमा एक जना महिलासमेत १० जना, पर्सामा चार जना महिलासमेत २६ जना, सर्लाहीमा दुई जना महिलासमेत तीन जना, रौतहटमा छ जना पुरुष, सप्तरीमा आठ जना महिलासमेत ३२ जना संक्रमित भएका हुन् ।
बिहीबार थप भएका समेत यस प्रदेशमा कुल संक्रमितको संख्या नौ हजार पाँच सय ५१ जना पुगेको छ । ती मध्ये चार हजार चार सय ९६ जना कोरोनामुक्त भएको छ । बिहीबार ५७ जना अस्पतालबाट निको भएर घर फर्किएका छन् ।