site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
पीसीआर जाँचमा ‘सिटी भ्यालु-२४’

जनकपुर । नेपालमा कोरोना संक्रमणसम्बन्धी भइरहेको पीसीआर जाँचसँगै संक्रमितको अवस्था पत्ता लगाउन साइकल थ्रेसहोल्ड (सिटी) काउन्ट पनि गर्न थालिएको छ ।

पीसीआर जाँचको परिमार्जित रिपोर्टले संक्रमित व्यक्तिमा भाइरस लोडको अवस्था दर्शाउँछ । यसले संक्रमितलाई व्यवस्थापन र उपचारमा सहज हुनुका साथै एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिन नदिन स्पष्ट सावधानी अपनाउन सकिन्छ ।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा दुई दिनदेखि सिटी काउन्ट गर्न थालिएको हो । “विश्वव्यापी महामारी भनेर हामीले नियमित काममा जस्तो मात्र खटेर हुन्‍न,” नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्‍जय ठाकुर भन्छन्, “हामीले उपलब्ध साधन-स्रोतको भरपुर उपयोग गरी बिरामीको जाँच प्रक्रियालाई प्रभावकारी बनाउन सक्नुपर्छ ।”  संक्रमितको उपचार र संक्रमणदर नियन्त्रणका लागि भएभरका विकल्पमा अभ्यास गर्नुपर्ने उनी बताउँछन् ।

यसै क्रममा पीसीआर रिपोर्ट (पोजिटिभ/निगेटिभ) सँगै सिटी काउन्ट गर्न थालिएको डा. ठाकुरले बताए । संक्रमित व्यक्तिमा सिटी २४ वा सोभन्दा कम छ भने ती व्यक्तिमा भाइरस लोड बढी रहेको बुझ्‍न सकिन्छ । त्यस्ता संक्रमितलाई अस्पतालमा पनि विशेष निगरानीमा राख्‍ने तथा तिनले आफन्तसँग समेत दूरी कायम गर्न सक्नुपर्छ । यसले उसको उपचारमा चिकित्सकको ध्यान केन्द्रित हुनुका साथै त्यस व्यक्तिबाट अन्य व्यक्तिमा भाइरस सर्ने सम्भावना कम हुन्छ । 

पीसीआर रिपोर्टले कोरोना संक्रमित देखाएपनि सिटी २४ भन्दा माथि छ भने ती व्यक्ति आफैं पनि खतरा बाहिर रहेको र उनको शरीरबाट अर्को व्यक्तिमा सर्ने सम्भावना न्युन हुन्छ । सिटी २५ देखि ३४ सम्म छ भने संक्रमित व्यक्तिबाट पनि अर्को व्यक्तिमा सर्ने सम्भावना अत्यन्तै कम रहने डा. ठाकुर बताउँछन् । उनका अनुसार सिटी ३५ वा सो भन्दा बढी छ भने रिपोर्ट नेगेटिभ आउँछ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro