site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा २४६ कोरोना संक्रमित थपिए, १२८ डिस्चार्ज

जनकपुर । प्रदेश २ मा बुधबार २४६ जना कोरोना संक्रमित थपिएका छन् । योसमेत प्रदेशमा संक्रमितको संख्या नौ हजार चार सय २७ पुगेको छ । 

बुधबार धनुषामा नौ जना महिलासमेत ३३ जना, महोत्तरीमा पाँच जना महिलासमेत २० जना, सिरहामा दुई जना महिला, बारामा १४ जना महिलासमेत ५३ जना, पर्सामा १४ जना महिलासमेत ५४ जना, सर्लाहीमा १५ जना महिलासमेत ७१ जना र रौतहटमा एक जना महिलासमेत १३ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

बुधबार यस प्रदेशमा एक सय २८ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो समेत अहिलेसम्म प्रदेशमा कोरोनामुक्त हुनेको संख्या चार हजार चार सय ३९ पुगेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro