
जनकपुर । प्रदेश २ मा मंगलबार कोरोना लागेका थप दुई जनाको मृत्यु भएको छ ।
महोत्तरीको बलबा नगरपालिका –३ घर भएका ७२ वर्षीय एक जना पुरुष र सिरहाको लहान नगरपालिका –१२ घर भएका २२ वर्षीय एक युवकको मृत्यु भएको छ । यो समेत प्रदेशमा मृतकको संख्या ६४ पुगेको छ ।
मंगलबार प्रदेशका आठवटै जिल्लामा गरी १६४ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा १४ जना महिलासमेत ३८ जना, महोत्तरीमा एक जना महिलासमेत १७ जना, सिरहामा १५ जना पुरुष, बारामा एक जना महिलासमेत १७ जना, पर्सामा एक जना पुरुष, सर्लाहीमा दुई जना महिलासमेत ५० जना र रौतहटमा एक जना महिलालाई कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
मंगलबारसम्म प्रदेशमा कुल संक्रमितको संख्या नौ हजार एक सय ८१ पुगेको छ भने चार हजार तीन सय ११ जना कोरोनामुक्त भएका छन् । मंगलबार ५६ जना विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।