विशेष

जनकपुर । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । सोमबार प्रदेशका ८ वटै जिल्लामा गरी १८५ जना संक्रमित थपिएका छन् । योसमेत कुल संक्रमित संख्या ९ हजार १७ पुगेको छ ।
सोमबार धनुषामा तीन जना, महोत्तरीमा तीन जना, सिरहामा ८ जना बारामा ९४ जना, पर्सामा ३५ जना, सर्लाहीमा १० जना, रौतहटमा २१ जना र सप्तरीमा १० जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोमबार जम्मा १८ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्केका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या चार हजार २५५ जना पुगेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७ १८:२५
प्रतिक्रिया दिनुहोस्