site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा तीनजनाको मृत्यु, ३१२ कोरोना संक्रमित थपिए

जनकपुर । प्रदेश २ मा आइतबार कोरोना लागेर तीन जनाको मृत्यु भएको छ ।

साबिक सिन्धुली घर भइ हाल सर्लाहीको लालबन्दीमा बसिरहेकी एक जना ३३ वर्षीया महिला, सप्तरीको राजविराज नगरपालिका -७ घर भएका ७७ वर्षीय एक जना पुरुष र धनुषाको जनकपुरधाम उपमहानगरपालिका, रुपैठा घर भएका ५८ वर्षीय एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यो समेत यस प्रदेशमा मृतकको संख्या ६२ पुगेको छ । आइतबार प्रदेश २ मा तीन सय १२ जना नयाँ संक्रमित थपिएका छन् । 

धनुषामा ११ जना महिलासमेत ३७ जना, महोत्तरीमा ११ जना पुरुष, सिरहामा एक जना महिलासमेत पाँच जना, बारामा १३ जना पुरुष, पर्सामा ३१ जना महिलासमेत एक सय ३८ जना, सर्लाहीमा १० जना महिलासमेत ७९ जना, रौतहटमा तीन जना महिलासमेत १७ जना र सप्तरीमा एक जना महिलासमेत १२ जना संक्रमित भएका छन् । 

आइतबारसम्म प्रदेश २ मा कुल संक्रमितको संख्या ८ हजार ८ सय ३२ जना पुगेको छ । ती मध्ये आइतबार ५३ जनासमेत अहिलेसम्म चार हजार दुई सय ३७ जना कोरोनामुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro