देश

जनकपुर । प्रदेश २ मा नोभेल कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ ।
धनुषाको नगराइन नगरपालिका-३ फुलगामा घर भएका ५० वर्षीय एकजना पुरुष र सर्लाहीको मलंगवा नगरपालिका -९ घर भएका ४० वर्षीय एकजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । यो समेत प्रदेशमा मृतकको संख्या ५३ पुगेको छ ।
बिहीबार प्रदेशमा २६५ जनामा संक्रमण भएको छ । धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सिरहामा २१ जना, बारामा ३८ जना, पर्सामा ७९ जना, सर्लाहीमा ५० जना, रौतहटमा १२ जना र सप्तरीमा १९ जना संक्रमित भएको हो । योसमेत संक्रमितको संख्या ८ हजार ३ सय २८ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७ १९:१४
प्रतिक्रिया दिनुहोस्